समाचारप्रति ध्यानाकर्षण
मोरङ – प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालय एवं निवास विराटनगरमा यही जेठ १४ गते कोरोना खोपका विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति खण्डन गरिएको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीद्वारा आज प्रकाशित विज्ञप्तिमा विभिन्न स्रोतको हवाला दिएर मुख्यमन्त्री निवासमा खोप लगाउने योजना रहेको, मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम रहेको, अझ मुख्यमन्त्रीको सचिवालयको दबाबमा खोप लगाइएको भन्ने जस्ता अनर्गल एवं प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारप्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपूर्ण तथा प्रायोजित समाचारको खण्डन गरिएको छ ।
कोरानोको पहिलो मात्रा लगाएका सबैलाई प्रोटोकलअनुसार मौज्दात खोपबाट दोस्रो मात्राको खोप लगाउँदै थप व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र जुटिरहेका मुख्यमन्त्रीलाई सोच्नै नसकिने तहको आरोप लगाएर भ्रमपूर्ण प्रचार गरिनु आश्चर्यजनक र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस