विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला
एजेन्सी / क्यानाडामा एउटा पूर्व आवासीय विद्यालय परिसरमा दुई सय १५ जना बालबालिकाको सामूहिक चिहान फेला परेको छ । स्थानीय आदिवासी जनतालाई शिक्षित तुल्याउने उद्देश्यले सो विद्यालय स्थापना गरिएको थियो । ती बालबालिकाहरू ब्रिटिस कोलम्बियास्थित क्याम्लुप्स इन्डियन आवासीय विद्यालयका विद्यार्थी भएको बताइएको छ । सन् १९७८ मा यो विद्यालय बन्द भएको थियो । स्थानीय सरकारले सो चिहान बिहीबार फेला परेको बताएको हो ।
क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले भनेका छन्– ‘यो दुःखद् स्मृति हाम्रो मुलकको इतिहासकै एक लज्जास्पद अध्याय हो ।’स्थानीय प्रशासनले संग्रहालय विशेषज्ञको सहयोगले तिनीहरूको मृत्युको समय र कारण पत्ता लगाउने काम भइरहेको जनाएको छ ।ब्रिटिस कोलम्बियाको शहर क्याम्लुप्सका प्रमुख राजान्ने क्यासिमिरले उक्त विद्यालयको प्रशासनले कहिल्यै पनि त्यति ठूलो सङ्ख्यामा विद्यार्थी वेपत्ता भएको विवरण तथा तथ्यांक राखेको नपाइएको बताएका छन् । १९ र २०औं शताब्दीमा आदीवासी युवाहरूलाई शिक्षित बनाउन आवासीय विद्यालयहरू अनिवार्य गरिएको थियो । त्यस्ता विद्यालयहरू सरकार आफैं वा धार्मिक निकायहरूले सञ्चालन गर्ने गर्थे ।
क्याम्लुप्स इन्डियन आवासीय विद्यालय सन् १८९० मा रोमन क्याथोलिक प्रशासनअन्तर्गत खोलिएको थियो । ५० को दशकमा यसको विद्यार्थी सङ्ख्या पाँच सयसम्म पुगेको थियो । सन् १९६९ मा केन्द्रीय सरकारले यसको सञ्चालनको जिम्मेवारी सम्हालेको थियो ।
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
क्याटेगोरी : प्रवास, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस