औषधी कालोबजारी गरेको आरोपमा पक्राउ
औषधी कालोबजारी गरेको आरोपमा प्रहरीले विराटनगर-१५ रानीस्थित जनता मेडिकल स्टोर सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँका ३५ वर्षीय रविकुमार रजक छन्। मोरङ प्रहरीको टोलीले रजकलाई आइतबार दिउँसो साढे १ बजे घरैबाट पक्राउ गरेको हो।
उनको घरमा फिजिसियन स्याम्पलका औषधीहरू, मुटु सम्बन्धीका औषधीहरू, पेनकिलर, एन्टिबायोटिक, इन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरू र सेनिटाइजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरू बरामद गरेको भएको प्रहरीले जनाएको छ।
उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याएर बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
रजकलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस