काठमाडौंको मैतीदेबीस्थित एक सहकारीबाट ९ लाख ६७ हजार चोरी
काठमाडौं । काठमाडौंको मैतीदेबीमा सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी भएको छ ।
काठमाडौं महानगरपालिका २९ मैतीदेबीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली ऋण तथा सहकारी संस्थाबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीवार चोरी भएको छ ।
साथै सोही घरमा रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाबाट समेत १ थान कम्प्युटर र मोबाइल चोरी भएको छ । झ्यालको भ्यान्टिलेटरबाट प्रवेश गरी अपरिचित व्यक्तीहरुले दुवै सहकारी संस्थाबाट उक्त धनमाल चोरी गरेको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस