नागरिकमाथि दूर्व्यवहार नगर्न राज्यसँग मानवअधिकार आयोगको आग्रह
काठमाडौं । कोभिड–१९ बाट उत्पन्न असरबाट प्रभावितलाई सम्बोधन गर्न र नागरिकमाथि दुर्व्यवहार नगर्न राष्ट्रिय मानवधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयले गरेको अनुगमनका क्रममा आईसीयू र भेन्टिलेटरमा उपचार नपाएर मानिसको मृत्यु भएको र निषेधाज्ञा उल्लंघनका नाममा प्रहरीले निर्घात कुटपिट र दुर्व्यवहार गरेको पाइएको जनाएका छन् । स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालको उपकरण तोडफोड भएको, कास्की, मोरङ, झापालगायतका जिल्लामा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा मानिसको मृृत्यु भइरहेको पाइएको पनि आयोगले उल्लेख गरेका छन् ।
त्यस्तै प्रदेश १ का पहाडी जिल्लामा पीसीआर परीक्षण हुन नसकेको, खाद्यान्न तथा औषधिको आपूर्तिमा कमी हुँदा अभाव देखिन थालेको, केही जिल्लामा निषेधाज्ञाका बेला पसल खोल्दा प्रहरीले निर्घात कुटपिट भएको जनगुनासो आएको अयोगले उल्लेख गरेको छ । दम, मधुमेहलगायतका अन्य दीर्घरोगीहरूले नियमित सेवन गर्नुपर्ने औषधीको अभाव देखिएको, गर्भवतीको स्वास्थ्य परीक्षण हुन नसकेको तथा दुई वर्षमुनिका बालबालिकाले नियमित खोप लगाउन नपाएको पनि अनुगमनका क्रममा पाइएको जनाउँदै उपचारमा समस्या आउन नदिन र स्वास्थ्य परीक्षणमा कमी नल्याउन आयोगले सरकारसँग आग्ह गरेको छ ।
निषेधाज्ञाको समयमा ज्याला मजदुरी गरी खाने श्रमिक, गर्भवती, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुमा मानसिक असर परेको, विभिन्न हिरासत, थुनुवा कक्ष तथा कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी राखिएकाले कोरोना संक्रमण हुन सक्ने संभावना बढेको आयोगले जनाएको छ ।
आयोगले नागरिकको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीको सुरक्षा र श्रमिक वर्गको जीवनयापनको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस