कक्षा १० को एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने सरकारको निर्णय
काठमाडौँ / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षझैँ आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ ।
सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यसवर्ष पनि कक्षा १० को एसईई आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
उनका अनुसार शिक्षा मन्त्रालयले एसईई आन्तरिक मुल्यांकनबाै गर्न पठाएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।
अब विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।
गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस