लागुऔषधसहित स्कुटरमा सवार दुई पक्राउ
भजनी / कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
दुधुवाफाटास्थित सडकखण्डमा से७प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
उनीहरुविरुद्ध लागुऔषध ब्राउन सुगर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस