सरकारले विभिन्न ४ देशमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने
सरकारले विभिन्न ४ देशमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ ।
अब चीन, कतार, टर्की र भारतमा हप्तामा ७ उडान हुने भएका हुन् । मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि एयर बबल अन्तरगत भारतमा हप्तामा दुई उडान हुँदै आएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले टर्किस एयरलाइन्सले बिहीबार उडानको अनुमति पाइसकेको बताए, ।
चीनको एउटा एयरलाइन्स र नेपालको हिमालय एयरलायन्सले चीनमा नियमित उडान गर्न पाउनेछन्। त्यस्तै कतारको दोहामा कतार एयरलाइन्स र नेपाल एयरलाइन्सले हप्ताको एउटा उडान गर्नेछन्।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस