एक महिला मृत फेला
तनहुँ / म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् ।
हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयवासीले बेवारिसे अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस