हिमालयले ओसार्याे निःशुल्क भेरो सेल खोप
हिमालय एअरलाइन्स्ले तिब्बत सरकारद्वारा नेपाललाई अनुदान सहयोग स्वरूप प्राप्त दुई लाख डोज भेरो सेल खोप निःशुल्क ढुवानी गरेको छ । हिमालय एयरलाइन्सले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ १८ र १९ गते गरी तिब्बतको कुनमिङ्ग सहर वाट खोपहरू ढुवानी गरेको बताएको हो ।
हिमालयले चार पटक गरी भेरो सेल खोपका २ लाख डोजका जम्मा ४१७ वटा बाकसहरू निःशुल्क ढुवानी गरेकाे बताएकाे छ । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम १०५ वटा खोपका बाकसहरू बोकेकाे थियाे । निःशुल्क कार्गो उडान सञ्चालन मार्फत हिमालयले १ लाख ९२ हजार अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब रु दुई करोड २५ लाख बराबरको आर्थिक सहयोग पुग्ने बताएको छ ।
यो महामारीको सुरु देखि नै हिमालय एयरलाइन्स नेपाल सरकार र नेपाली जनतालाई सहयोग पुर्याउन सक्रियरुपमा लागिपर्दै आएको छ ।
यस अघि पनि हिमालयले सरकारको कोभिड–१९ नियन्त्रण कोषमा सीधै रु. १ करोड सहयोग रकम जम्मा गर्नुका साथै देशका विभिन्न स्वास्थ्यसंस्थाहरु, जस्तै आम्दा हस्पिटल (दमक), प्रदेश ५ स्थित गुल्मीको विपद् व्यवस्थापन केन्द्र, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन मेमो रियल सामुदायिक हस्पिटल आदिलाई पी.सी.आर परीक्षण गर्ने मेसिनहरू, पोर्टेवल भेन्टिलेटरहरू, इन्फ्रारेड थर्मामिटरहरू र ती हस्पिटलका अग्र भागमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पी.पी.ई. सेटहरू (सर्किजल मास्क, सुरक्षात्मक वुट्स्, फेस शिल्डस्, डिस्पोजेवल ग्लोभ्स्, स्यानिटाइजर आदि सहित) सहयोग स्वरूप प्रदान गरेको बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस