तीनपटक सूचना प्रकाशित गर्दा परेन बोलपत्र
दमौली / ढुङ्गा, गिटी र बालुवा उत्खनन्का लागि तीन पटक सूचना प्रकाशित गर्दा पनि बोलपत्र नपरेपछि तनहुँको देवघाट गाउँपालिकाले एक कम्पनीलाई सङ्कलनको अनुमति दिएको छ । चालु आर्थिक वर्षमा तीनपटक सूचना प्रकाशित गर्दा बोलपत्र नपरेपछि गाउँपालिकाले प्रकृया मिलाएर सन्ध्या सन्देश निर्माण सेवालाई उत्खनन्को अनुमति दिएको हो ।
गाउँपालिकाले २०७७ माघ १४, फागुन १३ र २०७८ वैशाख ६ गते सूचना प्रकाशित गरेको थियो । तीनैपटक कसैको बोलपत्र नपरेपछि उक्त कम्पनीलाई रु ३० लाखमा अनुमति दिइएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । गत आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवा उठाउन सोही कम्पनीले ठेक्का पाएको थियो । कोरोना कहर र निषेधाज्ञाका कारण नदीजन्य पदार्थ सङ्कलन नभएपछि गाउँपालिकालाई राजश्व घाटा लागेको थापाले बताए ।
नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा देवघाटस्थित स्वतन्त्र युवा समूहले विरोध जनाएका छन् । स्थानीयवासीको विरोध रहिरहे आगामी आर्थिक वर्षमा पनि ढुङ्गा, गिटी, बालुवाको ठेक्का नलाग्ने निश्चित भएकाले सचेत हुन थापाले आग्रह गरे । उनले खुल्ला र प्रतिस्पर्धात्मक रुपमा घाट बोलपत्रमा लैजाने वातावरण सिर्जना गर्न आग्रह गरे । नदीजन्य पदार्थ उत्खनन्बाट सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश सरकारलाई र बाँकी ६० प्रतिशत राजश्वको ५० प्रतिशत प्रभावित क्षेत्रमा विकासका काममा लगानी गरिने थापाले भने । “देवघाट गाउँपालिकाको वनपैदावर, ढुङ्गा, गिटी, बालुवा, विकास निर्माण कार्यमा देवघाटका युवालाई प्राथमिकता दिन्छौँ,” उनले भने।
देवघाटस्थित स्वतन्त्र युवाहरुको समूहले भने जथाभावी रुपमा उत्खनन् गरेको भन्दै गाउँपालिकासमक्ष विरोधपत्र बुझाएका छन् । गाउँपालिकाका मुख्य घाटहरुबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन् रोक्न माग गर्दै विरोधपत्र बुझाइएको युवा गणेश थापाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस