राउटेमा कोरोना पुष्टि भएन
दैलेख / जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ सङ्क्रमण भेटिएन । सुर्खेतको गुर्भाकोट नगरपालिका–११आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दैै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो । सङ्कलित स्वावको रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा कोरोना पुष्टि नभएको हो ।
परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले राससलाई जानकारी दिए । उनले भने,“गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर स्वाव सङ्कलन गरिएको थियो । परीक्षण गराएकामा कसैको पनि कोरोना पुष्टि भएन ।”
उनले कति जनाको स्वाव सङ्कलन गरिएको थियोे भन्ने जानकारी दिनन् । राउटे महिलाले करोना परीक्षण ‘आफ्नो धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्कलन गर्न अस्वीकार गरेका बताइएको छ । स्वाव सङ्कलन गर्नु अगाडि राउटेका मुखिया सूर्यनारायण शाहीले आफ्नो जनतामा कोरोना नलागेकोे जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आएका थिए । “मेरो जनतासँग कोरोना छैन । सरसफाइ गरेकै छौं । किन स्वाव लिनु प¥यो रु जनता डराउँछ । कहिल्यै पनि तपाईको जस्तो उपचार गरेको छैन । बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला । ”उनले भने ।
केहीदिन अगाडि राउटे युवक शिवराज शाहीको मृत्यु भएको थियो । आफ्नो समुदायमा सक्रिय शाहीको मृत्युपछि कोरोना आशंकामा स्वाव सङ्कलन गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ । अहिले पनि ती समुदायलाई खाद्यान्नको जोहो गर्न विभिन्न गाउँ बजार डुलिरहनु पर्ने बाध्यता छ । कोरोनाको आशंकामा राउटे समुदायको परीक्षण गरिएको सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिए । गुराँस गाउँपालिकाले राउटे नागरिकलाई स्थायी बासिन्दाको प्रमाणपत्र दिइसकेको । प्रदेश सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा कोरोना परीक्षण गराएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस