निषेधाज्ञाको एक महिनामा २०० महिला तथा बालिकामाथि हिंसा
काठमाडौं । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ ।
महिला पुनस्र्थापना केन्द्र ओरेकद्वारा सञ्चालित दुई हटलाइन, २३ मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्था सञ्चारमाध्यमबाट उक्त घटनाहरु अभिलेखीकरण गरिएका हुन् । सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको तथ्याङ्कले देखाएको छ ।
घरेलु हिंसाका घटनामध्ये दाइजो नल्याएको वा कम ल्याएको र छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाइएको, चारित्रिक आरोप लगाइएको, गालीगलौज तथा अपशब्द प्रयोग गरिएको, शारीरिक तथा मानसिक यातना दिइएकोलगायतका छन् ।
यसबाहेक महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरी बेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधाबाट वञ्चित गरी हिंसा गरिएको पाइएको छ । उक्त तथ्याङ्क अनुसार घरेलु हिंसाका घटनामा ७६ प्रतिशत ६८ जना श्रीमान र २४ प्रतिशत २२ जना परिवारका सदस्य संलग्न रहेको देखिन्छ ।
घरेलु हिंसाका घटनाबाहेक यस अवधिमा ४५ बलात्कार, १५ सामाजिक हिंसा, १४ हत्या, पाँच हत्या प्रयास, छ यौनदुव्र्यवहार, चार आत्महत्या, दुई मानव बेचबिखन, दुई बलात्कारको प्रयास र १७ अन्य प्रकृतिका हिंसाका घटना सङ्कलन भएका छन् । अन्य प्रकिृतिका घटनामध्ये पारिवारिक स्रोतका अनुसार लैङ्गिक हिंसाका कारणले दुई जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए।
यस विषम परिस्थितिमा तीनै तहका सरकारले न्यून आय भएका जनतालाई राहतको व्यवस्था गर्नुपर्ने, हिंसापीडितका लागि सुरक्षाको प्रत्याभूति र उजुरीको सहज व्यवस्था गर्नुपर्ने उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस