करेन्ट लागेर गम्भीर घाइते
डोटी / यहाँका एक बालक करेन्ट लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार सदरमुकाम सिलगढी बस्ने १२ वर्षीय पवन विश्वकर्मा घाइते भएका हुन् । बाटो नजीक लत्रेको बिजुलीको तार छुँदा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
अहिले उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । करेन्टले उनको शरीरभरि घाउ भएको र गम्भीरावस्था रहेको उनकी दिदी अस्मिताले जानकारी दिनुभयो । बाटामा विद्युत् तार खसे पनि नहटाउने तथा लापरवाही गर्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कारवाही गर्न पीडित पक्षले माग गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस