आगलागीमा तीन लाख क्षति
सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ ।
स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस