हावाहुरी पीडितलाई जस्तापाता वितरण
उदयपुर / चौदण्डीगढी नगरपालिकाका झण्डै ४५ घर हावाहुरी पीडित परिवारलाई जस्ता पाताहरु वितरण गरिएको छ । नगरको वडा नम्बर २, ३ र ४ का हावाहुरी पीडितलाई झण्डै २५० बण्डल जस्तापाता वितरण गरिएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ ।
गत वैशाखको तेस्रो हप्ता आएको हावाहुरीले नगरको वडा नम्बर २, ३ र ४ का जनताको घरको छानो उडाएपछि विचल्लीमा परेका जनताको लागि नगरपालकाले झण्डै १८ लाखभन्दा बढीको जस्तापाता खरीद गरेर हालै सम्बन्धित पीडित जनतालाई वितरण गरेको नगर प्रमुख खगेन्द्र राईले बताए । अब सबै जनताले प्रत्येक घरमा एक दर्जनदेखि डेढ दर्जनसम्मका दरले जस्तापाता प्राप्त गरेको कारण छानो मर्मत गरेर घरमा बस्न सक्ने नगरपालिकाले बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस