नेपालगञ्जको दाना उद्योगमा बिस्फोट हुँदा १ जनाको मृत्यु, २ घाइते
बाँके । नेपालगञ्जमा दाना उत्पादन गर्ने मिलको कम्प्रेसर मेसिन बिस्फोट हुँदा उद्योगमा कार्यरत १ जना मजदुरको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्।
नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्ने क्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का साबीराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन्।
घटनामा परेर सोही स्थानमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएको र उनीहरुको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भइरहेको पनि बताए प्रहरी उपरीक्षक रानाले बताए।
घटनाको जानकारी आउनेबित्तिकै प्रहरी प्रमुख राना, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख डिल्लीबहादुर खड्कालगायतको टोली घटनास्थल पुगेर अनुसंन्धान सुरु गरेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस