यौनजन्य दुव्र्यवहार गरेको आरोपमा तीन पक्राउ
कर्णाली / प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत हुन् ।
उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुव्र्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लिल क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृतमा अनुसन्धान भइरहेको र दोषी युवाहरुमाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिए । पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायाङ्कन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुव्र्यवहार गर्ने गरेको पाइएको छ । राउटेहरु नेपालकै एकमात्र फिरन्ते समुदाय हुन् । गुर्भाकोट नगरपालिका ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ को सङ्ख्यामा छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस