दुवै आँखा नदेख्ने नाबालकका परिवारको अपिल
दोलखा / दुवै आँखा देख्न नसक्ने भएर पीडित बनेका कालिञ्चोक गाउँपालिका–६ धराम्थाली निवासी १० वर्षीय दीपक थामीले नयाँ जीवन पाउने आशामा सहयोगको अपेक्षा गरेका छन् ।
दुवै आँखा रातमा मात्र अलि अलि देख्ने र दिनमा नदेख्ने हुँदा उनी अहिले जीवनमरणको दोसाँधमा बाँचिरहेका कारण उपचारका लागि सहयोग गरेर नयाँ जीवन दिलाई दिन बाबु डिल्ली थामीले अपिल गर्नुभएको छ । बुबा डिल्लीकुमार र आमा कल्पनाको कोखबाट जन्म लिएका दीपक सानो उमेरमा नै सधैँ अन्धकार दिनसँग लडिरहेको छन् ।
पछिल्लो समय उनले आँखा देख्न कठिन भएपछि अस्पतालमा जाँच गर्न पुग्दा चिकित्सकले दुवै आँखाको उपचारपछि मात्र देख्न सक्ने सल्लाह दिएको तर धेरै खर्च लाग्छ भनेपछि सहयोगको अपिल गरेको बताइएको छ ।
दुवै आँखा उपचारलाई रु आठ लाखसम्म आर्थिकको जोहो गर्न चिकित्सकले भनेको बाबु डिल्लीकुमारले बताउनुभयो । उहाँले छोराको उपचारका लागि सहयोग गर्न सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ । दीपकको नाममा रहेको सिद्धार्थ बैंकको खाता नं ०३६१४०००९०४ मा रकम जम्मा गर्न सकिने बताइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस