आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई सहयोग
गण्डकी /आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ ।
आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका परिवारलाई कांग्रेसको पहलमा सहयोग गरिएको हो । एक्काइस दिने शिशुसहित उनका बाबुआमा पनि सङ्क्रमित रहेका र उनिहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
रोल्पा घर भई विगत पाँच वर्षदेखि पोखरामा मजदूरी गर्दै आएको उक्त परिवार आर्थिक सङ्कटमा भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कांग्रेसका युवानेता भानु ढकालको विशेष पहलमा आर्थिक सहयोग जुटाइएको हो । पोखरा फूलबारीमा डेरा गरी बस्दै आएका उनिहरुलाई रु एक लाख ५८ हजार आर्थिक सहयोग गरिएको ढकालले जानकारी दिनुभयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा भरतबहादुर खत्रीको रोहवरमा नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, जिल्ला सदस्य भीम गौतम लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस