एक गाग्री पानी जोहो गर्दै बित्छ दिन
दैलेख / दुल्लु नगरपालिका–१० राजाकांध गाउँकी ३० वर्षीया तीर्था नेपालीलाई एक गाग्री पानीको जाहो गर्न प्रत्येक दिन घण्टौँ समय बित्ने गर्दछ । बिहान उज्यालो हुनासाथ गाग्री बोकेर घरबाट ननिस्केको कुनै दिन छैन ।
गाउँ नजिकका सबै कुवा सुके । गाउँभरिकै पानीको मुख्य स्रोत भएको थामिधारा मात्र छ । त्यही धारामा नहिंडी परिवारको पानी पिउने र प्यास मेटाउने सपना अधुरै रहन्छ । यो समस्या गाउँका करीब ३० घरपरिवारका लागि उस्तै छ । “गाउँमा चार वटा कुवा थिए, ती सबै जेठ नलाग्दै सुके । अहिले त्यहीँ एउटा थामिधारा छ एक गाग्री पानी भर्नमै हाम्रो तँछाडमजाड हुन्छ”, स्थानीयवासी गणेश थापाले गुनासो गरिन्।
निर्वाचनमा सबैले यो गाउँमा खानेपानी योजना ल्याउने भनेर भोट मागे तर कसैले पनि आफूहरुको यो समस्या कसैले नसुनेको गाउँलेको भनाइ छ । खानेपानीको चरम समस्या झेल्दै आएका यस गाउँका मानिसहरू अहिले त्यो एउटा धाराको भरमा रहेको स्थानीय बिनोद योगीले बताए ।
पानीको समस्याले शौचालय सफा गर्न र शारीरिक सरसफाइ गर्न नपाउँदा झाडापखाला फैलिने चिन्ता उत्तिकै भएको उनको आशङ्का छ । सरसफाइ कमीका कारण कोरोना महामारी फैलिने सम्भावना बढी भएपनि यहाँका वासिन्दालाई खानेपानीकै जोहोले सताएको छ ।
दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले यस गाउँमा छिटै खानेपानीको व्यवस्थापन गरिने बताउनुभयो । एक वर्षभित्र लिप्टिङ योजनाबाट खानेपानीको समस्या समाधान हुने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस