• जीवनशैली | Jiwanshaili
  • जंगली च्याउ खाँदा चारजना बिरामी


    इलाम । इलाममा जंगली च्याउ खाँदा चारजना बिरामी परेका छन् ।

    सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी बिरामी भएका हुन् ।

    जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ वीरमानको घरमा पकाएर खाएका र जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको भए पनि उपचार नभए पछि थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    चारजनामध्ये जितबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेकाले उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार