• जीवनशैली | Jiwanshaili
  • निषेधाज्ञाको समयमा सामान बेच्ने भाटभटेनीका म्यानेजर प्रहरी नियन्त्रणमा


    काठमाडौं । निषेधाज्ञाको समयमा दिउसो सामान बेच्ने कोटेश्वरको भाटभटेनी सुपर मार्केटका म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    दिउसो सामान बिक्री गरिरहेको अवस्थामा म्यानेजर सागर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमनका क्रममा दिउसो सामान बिक्री गरेको भेटाएपछि म्यानेजर गुरूङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

    सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरी सहितको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बस्नेतले बताए।

    उनले गुरूङलाई निषेधाज्ञा उलंघनको कसुरमा कारबाही हुने बताए। निषेधाज्ञाको अवधिमा बिहान ९ बजे सम्म मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाइने ब्यवस्था प्रशासनले गरेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार