हावाहुरीले घरको छानो उडाएपछि ढोरफिर्दीवासीको बिचल्ली
तनहुँ / जिल्लाको शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँलगायतको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् ।
छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । विद्युत् लाइन नहुँदा वर्षायामको समयमा अन्धकारमा कसरी बस्ने भन्ने चिन्ताले सताएको ढोरबाराही कृषि फार्मका सञ्चालक एवं स्थानीयवासी शिवराज लम्सालले जानकारी दिए । “अहिलेसम्म यति ठूलो हावाहुरी आएको थाहा पाएका थिएनौँ”, उनले भने, “हावाहुरीले विद्युत्का पोल ढाल्नुका साथै तार चुडिँदा अन्धकारमा बस्नुपरेको छ ।”
विद्युत् लाइन नहुँदा अनलाइनबाट पढ्ने र परीक्षा दिने त्यसक्षेत्रका बालबालिकासमेत प्रभावित हुने देखिएको उहाँले बताए । सोही वडास्थित हिमाली प्राथमिक विद्यालयको शौचालय र स्नानगृहमा क्षति पुगेको छ । शुक्लागण्डकी–८ स्थित पाटनचोकमा चार घरको छानो उडाएको जानकारी पाएको लम्सालले जानकारी दिए ।
हावाहुरीसँगै आएको असिनापानीले मकैबाली, तरकारी खेती, केराखेतीमा धेरै क्षति पुगेको बताइएको छ । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बिजुलीको पोल ढलेका, तारहरु चुँडिएकाले विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको जानकारी दिए । सोही वडास्थित बाराही प्राथमिक विद्यालयमा जडान गरिएको सोलार प्यानल उडाएर पूर्णरूपमा क्षति भएको छ । साँझपखको समयमा हावाहुरी र असिनापानी आएकाले क्षतिको यकिन विवरण भने जानकारी आइनसकेको उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस