• जीवनशैली | Jiwanshaili
  • उत्पत्यकामा जोर बोजोर प्रणालि लागू गर्ने तयारी


    काठमाडौं । विश्व्यापी महामारीको रुपमा फैलिएका (कोरोना भाइरस) को दोस्रो लहर काठमाडौं उपत्यकामा संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो । सरकारले असार १ गतेबाट काठमाडौं उपत्यकामा जोर–विजोरको तयारी थालेको छ । जेठ महिनाको अन्तिम मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर प्रणाली लगाउनेबारे पनि छलफल भएको छ ।

    सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने जोर विजोर गराउनेबारे पनि परामर्श भइरहेको छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने काठमाडौ उपत्यकाका तीनै जिल्लाका प्रमुखको निष्कर्ष छ ।

    निषेधाज्ञाको मोडालिटीको विषयमा २९ गते जेठमा निर्णय हुने समेत बताइएको छ । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ ।

    जनस्वास्थ्यविद्हरुले भने अहिले नै लपरवाही नगर्न चेतावनी दिँदै आएका छन् । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार