लागुऔषधसहित दुई जना पक्राउ
धनगढी । लागुऔषधसहित कञ्चनपुरमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी अमरबहादुर थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ४ मा रहेको बाह्रसिङ्गे होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका ९ का १९ वर्षीय गोपाल ठगुन्ना रहेको छन् ।
होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १.४२ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस