पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म
‘गर्न आउ है अर्म र पर्म
सबै विदेश कोही छैन गाउँघरमा
‘ बर्खा लाग्यो,झ्याउँकिरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो ‘
यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जङ्गलमा झ्याउँकिरी आवाजले साँझ परेको सङ्केत गर्छ । रातभरि भ्याकुताको ट्वार ट्वार तथा झ्याउँकीरी र भ्याकुताले समयको लय त समाते तर त्यही समयको लयमा चल्नुपर्ने किसानलाई भने गाउँ छोडेका युवाका कारण समस्यामा छ ।
विष्णु खत्रीले केही वर्षअघि बजारमा ल्याएको यो गीतले नेपाली समाजको चित्रण गर्छ । कोरोना महामारीको पहिलो लहर चल्ने समयमा भरिभराउ भएका बागलुङका गाउँहरुले दोस्रो लहरको समयमा भने उत्साह भर्न पाएनन् । पहिलो लहर चल्दा विदेशमा भएका युवा र देशकै ठूला शहर पसेकाहरु गाउँ फर्किएका थिए । गाउँमा छुट्टै खालको उत्साह थियो । गत वर्षको बर्षायाम शुरु हुनुपूर्व चलेको पहिलो लहरले गाउँघरमा बर्खे खेती गर्न सघायो । कारण गाउँमा युवाको जमात थियो । गीतमा भनिए जस्तै अर्मपर्म चल्ने गाउँ अहिले खाली छन् । सबै युवा विदेश भएकाले गाउँमा खेताला, खेताली पाउनै मुस्किल छ । अर्मपर्म त एकादेशको कथा जस्तै हुन थाल्यो । “धान रोप्न खेतालाको जोहो एक महिना अघिबाटै गर्नुपर्छ, नत्र समयमा रोपाइँ गर्नै सकिँदैन”, जैमिनी नगरपालिका–१० राङ्खानीका डिलप्रसाद पौडेल भनछन् “पर्मको कुरा छाडौँ, ज्यालामा काम गर्ने पनि पाउनै मुस्किल छ, युवा विदेश छन्, कसले गर्ने दुःख ? ”
गाउँमा बसेका केही युवाका पनि आफ्नै व्यावसायिक फार्महरु छन् । कसैले कुखुरा पालेका छन्, कसैले गाईभैँसी, बाख्रा र तरकारी तथा नगदेबाली । व्यावसायिक बनेका युवाले सिजनको खेतीका लागि समय दिन नसक्ने किसानहरु बताउँछन् । “धान रोप्ने बेला भयो, खेतला पाइँदैनन्, पाएका पनि महँगा छन्”, बागलुङ नगरपालिका–१४ नारायणस्थानका किसान केशव सुवेदीले भने, “सिजनको खेती गर्न कठिन भइसक्यो ।”
पछिल्लो समय आएको प्रविधिले किसानलाई सघाएको छ तर बर्खे खेतीको समयमा भने प्रविधिको गतिसँगै चल्ने जनशक्ति पनि चाहिन्छ । एक हल गोरुले दिनभर लगाएर रोप्ने खेत अहिले मिनीपावर ट्रिलर (यान्त्रिक हलो)ले केही घण्टामै हिलाउँछ । सोहीअनुसार आली लगाउने, छेउकुना खन्ने र सम्याउने जनशक्ति चाहिने सुवेदी बताउछन् । एक हल गोरुका पछि लाग्नेभन्दा दोब्बर खेताला मेसिनका पछि चाहिने उन्को अनुभव छ ।
काम गर्ने जनशक्तिकै अभावले उर्वर जमीन बाँझिन थालेको किसानको गुनासो छ । बागलुङमा जेठदेखि नै रोपाइँ शुरु भइसकेको छ । गलकोट र जैमिनी नगरपालिकाका खोला छेउमा सिँचाइको अभाव नभएका खेतमा धमाधम रोपाइँ भइरहेको छ । रोपाइँ शुरु भए पनि जनशक्तिको भने चरम अभाव रहेको आदानप्रदान कृषि सहकारीका सचिव मित्र थापाले बताउ ।
यहाँ दिनभरि काम गर्दा पाउने ज्यालाभन्दा विदेशमा हुने दैनिक कमाइ धेरै हुने भएकाले युवाहरु गाउँ बस्न नमान्ने थापाको अनुभव छ । सिजनमा मात्रै हुने खेतीपाती र खाली समयमा रोजगारी नहुँदा पनि युवाहरु गाउँमा अड्याउन नसकेको उन्ले सुनाउ । ठूला फाँट र एकैपटक धान रोप्ने समयमा सबैभन्दा बढी किसानलाई समस्या हुने गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस