पदयात्रा मजदुरलाई सहयोग
गण्डकी / ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराको आयोजना एवं कर्मा फ्लाइट्स फाउन्डेसन नेपालको साझेदारीमा कोरोना कहरका कारण प्रभावित पदयात्रा मजदुर (पथ प्रदर्शक र सहयोगी) को सहयोगार्थ राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । पोखरामा रही पदयात्रा क्षेत्रमा क्रियाशील १३० मजदुरलाई चामल, दाल, चना/केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुनलगायतका सामान वितरण गरिएको हो ।
देशका विभिन्न स्थानबाट आएर पोखरामा बालबच्चासहित परिवारको साथमा घरभाडामा बसेका मजदुर विगत एक वर्षदेखि कोरोना कहरका कारण पदयात्रा पर्यटन ठप्प भएसँगै बेरोजगार बनेको र निषेधाज्ञाका कारण अन्य वैकल्पिक रोजगारीसमेत नभएका कारण परेको खाद्यान्न सङ्कटलाई दृष्टिगत गरी सहयोग गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।
कोराना कहरका कारण दीर्घकालीनरूपमा पदयात्रा आश्रित मजदुरको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाउने वातावरण तयार गर्न सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकार क्रियाशील बन्नुपर्ने उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस