अपाङ्गता भएका परिवारका लागि सहयोग जुट्दै
पोखरा / पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका अपाङ्गता भएको परिवारलाई सहयोग जुट्न थालेको छ । सेती नदीको डिलमा जस्ताको छानामुनि बस्दै आएका अपाङ्गतासहितको सात जनाको परिवारले कोरोना कहरका कारण भोकै बस्नु परेको समाचार गत सोमबार राष्ट्रिय समाचार समिति (रासस)मा प्रकाशित भएको थियो ।
अपाङ्गता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता विषयक शीर्षकको समाचार प्रकाशन भएसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले स्थान दिएका थिए । समाचारमा आएसँगै विभिन्न सहयोगी दाताले खाद्यान्नसहितका सामग्री सहयोग गरेका उक्त परिवारका सदस्य लक्षु थापामगरले जानकारी दिए ।
उनका अनुसार पाँच छोरामध्येको कान्छो १८ वर्षीय छोरा पूर्णे जन्मजातै पूर्णरूपमा अपाङ्गता छन्, हिँडडुल गर्न सक्दैनन्, खाना खुवाउनुका साथै शौचालयसमेत बोकेर लैजानु पर्दछ, आम्दानी भनेको दैनिक मजदूरी नै हो । पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी र कार्यपालिका सदस्य राधिका शाही योगीले खाद्यान्नसहितको राहत सामग्री प्रदान गर्नुभएको थियो भने विभिन्न व्यक्तिले ठाउँठाउँबाट सहयोग गर्ने आश्वासन दिनुभएको उहाँले बताउनुभयो ।
भोकै बस्नुपर्ने तत्कालीन बाध्यता हटाउनका लागि प्रारम्भिकरूपमा रु पाँच हजार बराबरको खाद्य सामग्री सहयोग गरिएको बताउँदै वडाध्यक्ष अधिकारीले उनीहरूको दीर्घकालीन बसोबासका लागि समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनीहरूको परिवारलाई युवासङ्घ पोखरा–१७ बाट नौ हजार बराबरको खाद्यान्न, सरसफाइलगायत सामग्री प्रदान गरिएको छ । उक्त परिवारको लागि जग्गा प्राप्त भएमा घर निर्माणका लागि आवश्यक जस्तापाता र ब्लक उपलब्ध गराउने सो स्थानामा पुगेका गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस