रक्तस्राव नरोकिएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
epa06147166 (FILE) - A US Army Black Hawk helicopter during the Silver Arrow 2015 military exercises at Adazi Training Area, Latvia, 27 September 2015 (reissued 16 August 2017). According to the US Coast Guard, a Black Hawk helicopter with five crew members on board crashed off Hawaii's coast on 16 August 2017. Emergency services were responding in a search and rescue mission for the chopper. EPA/VALDA KALNINA *** Local Caption *** 52258756
सङ्खुवासभा / सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
अत्यधिक रक्तस्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको हो । सुत्केरीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अस्पताल प्रशासनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको थापाथली प्रसूति गृहमा सिफारिस गरिएको जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस