• जीवनशैली | Jiwanshaili
  • पक्राउ परेकालाई तत्काल रिहा गर्न बृहत् नागरिक आन्दोलनको माग


    काठमाडौं । बृहत् नागरिक अन्दोलनले पक्राउ परेका नागरिक अगुवाहरूको रिहाइको माग गरेको छ।

    चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेपलगायतका विषयमा विरोधमा उत्रिएका नागरिक अगुवा नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत १८ जनालाई शुक्रबार बिहान बालुवाटारबाट पक्राउ गरिएको हो । पक्राउ परेलगत्तै बृहत् नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। उनीहरूलाई तत्काल रिहा नगरे कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत उनीहरूको छ।

    साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशि विक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबु पक्राउ परेका छन्।

    उनीहरूलाई प्रहरीले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार