धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु, २ जना बेपत्ता
जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको छ।
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। पोखरीमा पौडी खेल्ने क्रममा १० देखि १३ वर्ष सम्मको ५ जना बालिकाको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक रानाभाटले बताए।
उनले पोखरीबाट ५ जनाको शव निकालिए पनि दुई जनाको खोजी भइरहेको बताए। पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर र १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा रहेको रानाभाटले बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस