दाइजो नल्याएको भन्दै नवदुलहीमाथी कुटपिट
महोत्तरी । दाइजोको निहुँमा महोत्तरीमा नवदुलहीमाथि कुटपिट भएको छ ।
दाइजोमा ग्यास चुल्हो र सिलिन्डर लगायत सामग्री नदिएको भन्दै नवदुलहीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । गएको वैशाख १३ गते सर्लाही हरिपुर्वा नगरपालिकाका जोगनारायण साहसँग उनको विवाह भएको थियो । विवाह भएको चार दिनमै दाइजो नदिएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनलाई कुटपिट गर्न थालेका थिए ।
विवाह गरेको चार पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । घर फर्किएपछि आफूमाथि झन् धेरै दुर्व्यवहार भएको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । सर्लाहीको जिल्ला अस्पतालमा उपचारपछि अहिले स्वास्थ्य अवस्था सामान्य रहेको दुलहीकी माइती पक्षले बताएका छन् ।
माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडका अनुसार कुटपिटमा संग्लन ससुरालाई पक्राउ गरिएको छ । अन्य सदस्य भने भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनको विवाहमा नगद तीन लाख पचहत्तर हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिईएको थियो । तर यो कम भएको भन्दै घरका सदस्यले कुटपिट गर्ने गरेका पीडितले बताएकी छिन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस