साक्षरता कक्षा सञ्चालित विद्यालयमा ‘फोन पाठशाला’
दमौली / रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका तनहुँका विद्यालयमा फोन पाठशाला शुरु हुने भएको छ । रुम टु रिडको साक्षरता कार्यक्रम सञ्चालन भएका विद्यालयका नेपाली भाषा शिक्षकहरुले अब मोबाइलबाट विद्यार्थीलाई पढाउने भएका छन् ।
विद्यार्थी सिकाइ सहजीकरणका विभिन्न वैकल्पिक तरिकाहरुको अभ्यास गरिरहेको रुम टु रिडले फोन पाठशालाको अवधारणा अगाडि बढाएको हो । कोरोना कहर र निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि फोन पाठशाला सञ्चालन गर्न लागिएको छ । यसका लागि साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ३३ विद्यालयका ६१ जना नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई अभिमुखीकरण गरिएको छ ।
फोन पाठशाला मार्फत् पुनः विद्यार्थीहरुसँग जोडिन पाउने भएपछि उत्साहित भएको भानु संस्कृत माध्यमिक विद्यालयका शिक्षक गीता आचार्यले बताए । भृकुटी माध्यमिक विद्यालयका शिक्षक देवी सिग्देलले विद्यार्थीको सिकाइका लागि फोन पाठशाला प्रभावकारी हुने बताए ।
कोरोनाका कारण विद्यालय बन्द भई विद्यार्थीको सिकाइमा भएको क्षति कम गर्न फोन पाठशालाको अवधारणा अगाडि बढाएको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत एलबी खड्काले जानकारी दिए । विद्यार्थी सिकाइ सहजीकरणका लागि रुम टु रिडले रेडियो स्कूल, अनलाइन पुस्तकालय र फोन मार्फत् अभिभावक शिक्षा समेत सञ्चालन गरिरहेको छ ।
विद्यालयका कक्षाकोठामा रमाउनुपर्ने बालबालिकाहरु कोरोना कहरले घरमै बस्न बाध्य हुँदा पठनपाठनमा क्षति पुगेको छ । घरमा बसिरहेका विद्यार्थीको सिकाईमा सहजीकरणका लागि फोन पाठशाला सञ्चालन हुने संस्थाले जनाएको छ । संस्थाले सबै पालिकाका शिक्षा शाखा प्रमुखहरुसँग यसबारेमा अनलाइन बैठक समेत गरेको छ । सबै पालिकाले यसका लागि अनुमति दिएका छन् । फोन पाठशालामा विद्यार्थीहरुको सिकाई कठिनाइका आधारमा हरेक विद्यार्थीलाई के सिकाउने भनी कार्ययोजना तयार गर्ने र सोही कार्ययोजना अनुसार विद्यार्थीलाई महिनामा कम्तिमा तीन पटक फोन गरी फोनबाट सिकाइने रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत खड्काले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस