रुखबाट खसेर १० वर्षीय बालकको मृत्यु
गोरखा / धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको उहाँले बताउनुभयो । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । बालकको रुखबाट खसेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस