‘दोषीमाथि कारबाही होस्’
काठमाडौँ / राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले डोटीमा मट्टीतेल खन्याएर जलाइएकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाबारे बुझी दोषीलाई कारबाहीको माग गरेकि छन् । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गरहेकी भाटको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष पराजुली त्यहाँ पुगेकि थिइन् । भेटका क्रममा पीडित भाटले आफू र नाबालक छोरीलाई आगो लगाई ज्यानमार्ने प्रयास गर्ने आरोपित पति सन्तोष भाटलाई जन्मकैदको सजायको माग गर्नुभयो । एक साता अगाडि श्रीमानद्वारा जलाईएकी भाट र उनकी छोेरीको उपचार भइरहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रालयको महिला हिंसा निवारण कोषबाट रु पाँचलाख वर्न अस्पतालमा निकासा भएर अहिले पीडितकोउपचार भइरहेको छ । गृह मन्त्रालयले पनि पीडितको उपचार सरकारले गर्ने गराएको छ ।
अनुगमनको क्रममा अस्पताल प्रमुख एवं सम्बन्धित चिकित्सकले भाट हाल गर्भवती समेत रहेकाले उनको उपचारको साथै विषेश ध्यान राख्नुपर्ने जानकारी गराएकि थिइन् । डोटी जिल्ला आदर्श गाउँपालिका वडा–४ बस्ने वर्ष २८ की लक्ष्मी भाटलाई दुई वर्षको छोरी अञ्जु भाट समेतलाई आफ्नै श्रीमान्ले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएको घटना सार्वजनिक भएको थियो ।
आयोगका अध्यक्ष पराजुलीले यस सम्वन्धमा डोटीका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिसकेकि छन् । महिला घरभित्रै आफ्नै परिवारबाट सुरक्षित नभएको अवस्था यस घटनाले देखाएको भन्दै पीडकले हदैसम्मको सजायँ पाउनुपर्नेमा उनको जोड छ । आगोले जलेपछि नजिकैको अस्पतालमा उपचारको लागि लगिएको थियो । सो अस्पतालमा भाटको उपचार हुन नसकेपछि गृह मन्त्रालय र सम्बन्धित क्षेत्रका जनप्रतिनिधि समेतको समन्वय र पहलमा घाइते लक्ष्मी भाट र उनकी छोरीलाई हेलिकप्टरमार्फत उपचारको लागि सोमवार काठमाडौँ ल्याई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस