• जीवनशैली | Jiwanshaili
  • सीमा क्षेत्रबाट आठ लाख नगद बरामद


    महोत्तरी / महोत्तरीको नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब आठ लाख नगद बरामद गरेको छ । जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डास्थित दशगजा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख पाँच हजार ५५० नगद आज बरामद गरेको हो ।
    सीमावर्ती भारतीय गाउँ गोराहारीबाट मोटरसाइकल चढेर नेपालतर्फ आएका एक व्यक्तिले सीमाक्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि उक्त रकम झोला फालेर भागेका बताइएको छ । झोला जाँच गर्दा सो परिमाणको नगद फेला परेको जिल्लाको जलेश्वर–५ स्थित सशस्त्र प्रहरी बल ९ नम्बर गण जलसागरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो ।
    बरामद रकम भन्सार कार्यालय जलेश्वरमा दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार