‘रोगबाट आफैँ जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’
काठमाडौँ / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई राहत वितरण जारी राखेको छ । कोरोना महामारीले दोहोरी साँझ तथा मेला महोत्सव सञ्चालन नभएपछि कलाकारको आयस्रोत बन्द भएको छ । प्रतिष्ठानले ‘रोगबाट आफैँ जोगिनुहोस्, भोकबाट हामी जोगाउँछौँ’ भन्ने नारा तय गरेर राहत सङ्कलन र वितरण गरिरहेको छ ।
आम्दानीको स्रोत नभएपछि कलाकाहरुलाई प्रतिष्ठानले चामल, दाल नुन, चिनी, मसला लगायत अत्यावश्यक सामग्री वितरण गरिरहेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश विजीले जानकारी दिए । उनले गायक, गायिका, वाद्यवादक तथा मोडल तथा प्राविधिकलाई खाद्य सामग्री वितरण गरिएको बताए ।
प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीले करीब सात लाख बराबरको सामग्री उपलब्ध गराएका छन् । केन्द्रीय समितिले उपत्यका समन्वय समितिसँग सहकार्य गरी हालसम्म करीब ५०० जनालाई राहत सामग्री वितरण गरेको छ । हालसम्म करीब १२ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ ।
अध्यक्ष विजीले कलाकार काठमाडौँमा रहेकाले यहाँबाट अभियान शुरुआत गरे पनि जिल्लाजिल्लामा पनि राहत वितरण कार्यलाई अघि बढाइने बताए । “सबै प्रदेश र जिल्ला कमिटीलाई राहत सङ्कलन गर्न भनेका छौँ”, उनले भने, “समस्यामा परेका देशैभरका कलाकारहरुलाई भोकै बस्न दिँदैनौँ ।” प्रतिष्ठानका निवर्तमान अध्यक्ष बद्री पँगेनीले तत्कालै कलाकार काममा फर्कने अवस्था नरहेकाले राहत वितरणलाई केही समय निरन्तरता दिने जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस