काठमाडौं – कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका(४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।



