विद्यालयका कक्षलाई प्रविधिसँग जोड्न माग
काठमाडौँ / विद्यार्थीको दिवा खाजा र स्यानिटरीका बिनियोजित बजेट विद्युतीय प्रविधिबाट कक्षामा जोडिन आवश्यक उपकरण किन्न उपयोग गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले अन्वेषण यात्राअन्तर्गत ‘महामारीमा शिक्षा, चुनौती र रणनीति’ विषयमा जुम प्रविधिबाट आयोजना गरेको भर्जुअल कार्यक्रमका सहभागी वक्ताले शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका बेला शिक्षा क्षेत्र अलमलमा परेको बताए ।
कार्यक्रममा पूर्व सचिव ताना गौतमले संविधानमा शिक्षा र मानव अधिकार सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन हुन नसकेको बताए । हाल चलिरहेको अनलाइन कक्षामा विपन्न वर्गले पहुँच पाउन नसकेको उनले बताए । निर्देशिका र कार्यविधि निकाल्दैमा सबैले शिक्षा पाए भन्ने नसोची अनुगमनमा जुट्न उहाँले सरोकार भएका निकायको ध्यानाकर्षण गराए । नेपाल शिक्षक सङ्घका अध्यक्ष राजेन्द्रराज पौडेलले पहिलेदेखि नै शिक्षकलाई प्रविधिमा दक्ष नबनाउँदा अहिले विद्यार्थीलेसमेत समस्या भोग्नुपरेको गुनासो गर्दै शिक्षा क्षेत्रमा दीगो विकास लक्ष्य अनुसार काम हुन नसकेकोे बताए ।
शिक्षकलाई प्रविधिमा दक्ष बनाउन २० हजार शिक्षकलाई प्रविधिसम्बन्धी तालिम दिएको सङ्घले जनाएको छ । अभिभावक युनियन नेपालका अध्यक्ष केशव पुरीले सरकारको ध्यान राजनीतिमामात्र केन्द्रीत हुँदा बालबालिकाले पाउने शिक्षाका बारेमा अभिभावक द्विविधामा रहेको बताउनुभयो । सरकारले ध्यान नदिँदा शिक्षा परिणाममुखी नभई परीक्षामुखी बन्दै गएको उहाँको भनाई थियो ।
एन प्याब्सनका महासचिव सुवास न्यौपानेले महामारीमा शिक्षा नै मुख्य आधार हुनुपर्नेमा त्यस्तो हुन नसकेको र सरकारले जारी गरेको निर्देशिका र कार्यविधि अनुसार काम नहुँदासमेत कसैले अनुगमन नगरेको बताउनुभयो । अनलाइनबाट कतिले शिक्षा लिन सक्छन् भन्ने सूचनासमेत तीनै तहका सरकारसँग नभएकाले सही तथ्याङ्क सङ्कलनमा प्राथमिकता दिनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए । समाजशास्त्री राजेन्द्र कोइरालाले शिक्षामा राजनीतिको प्रभावले समस्या थपिँदै गएको बताउनुहुँदै शिक्षामा वर्गीय असमानता ठूलो प्रश्नवाचक चिह्नका रुपमा उपस्थित भएकामा कसैको ध्यान जान नसकेको सुनाउनुभयो । महामारीका कारण आएको सङ्कट शिक्षा क्षेत्र सुधारको अवसर बन्नुपर्ने उनको भनाइ थियो ।
फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले शिक्षा क्षेत्रमा विनियोजन भएको बजेट कार्यान्वयन नहुने, नेतृत्वमा बौद्धिक गरिबीको शिकारसमेत शिक्षा क्षेत्र बन्न पुगेको बताए । जन प्रशासन क्याम्पसका उपप्राध्यापक बाबुराम तिमल्सिनाले करिब ३० वर्ष चलेको संस्थात विद्यालय शुभतारा स्कूल बन्द भएकाले त्यसको अनुगमन कसले गर्ने हो भनी प्रश्न गर्नुभयो । सो विद्यालयको आठभन्दा तलका कक्षा बन्द गरेको उनले बताए । मानव संसाधन बैङ्कको व्यवस्था गरी शिक्षा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति व्यवस्थापन हुनुपर्ने कार्यक्रमका सहभागीको जोड थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस