नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध
जाजरकोट / जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ । एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए ।
दुई टर्वाइनमध्ये लामो समयसम्म एउटामा खराबी आएपछि एउटा मात्र सञ्चालन हुँदा सदरमुकामभरि विद्युत् आपूर्ति गर्न सकिएको छैन । अहिले नहरमा बालुवा भरिएपछि एक मात्र टर्वाइनसमेत बन्द गर्नुपरेको हो । टर्वाइन थप्नका लागि नेपाल विद्युत् प्राधिकरणमा माग गरे पनि फाइल अड्किएको बताइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै स्वास्थ्य सेवा कार्यालय र अन्य ठाउँमा समस्या उत्पन्न भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए ।
त्यस्तै स्वास्थ्य सेवा कार्यालयले ४० केभिएको जेनेरेटर खरिद गर्ने प्रक्रियामा रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । केन्द्रीय प्रसारण लाइन नपुगेको डोल्पामा यही जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत्बाट काम हुँदै आएको छ । दुई सय किलोवाट क्षमताको यो आयोजनाबाट यहाँका एक हजार २५० घरधुरीले सेवा लिने गरेका छन् ।
दुई वर्षअघि यही विद्युत् छ महिना अवरुद्ध भएको थियो । विद्युत्को नहरमा सुक्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो । नेपाल विद्युत् प्राधिकरणको रु ५५ लाख लागतमा भत्केको नहर मर्मत गरी पुनः विद्युत् आपूर्ति गरिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस