• जीवनशैली | Jiwanshaili
  • नक्कली सवारी पास लिएर हिडको आरोपमा पक्राउ


    काठमाडौं / जारी निषेधाज्ञाका समयमा नक्कली सवारी पास लिएर हिँड्ने दुईजनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङ छन् ।

    परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार उनिहरुले जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर नक्कली पास बनाई सवारी चलाएको आरोपमा पक्राउ गरिएको हो ।

    अमर गुरुङले चलाएको बा८१ प ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार