• जीवनशैली | Jiwanshaili
  • मनाङमा बाढीले बबन्डर मचाउँदा गाउँहरु सम्पर्क बिच्छेद


    मनाङ / भारी वर्षासँगैको बाढीपहिरोले हिमाली जिल्ला मनाङका एकअर्का गाउँसँगको सम्पर्क नै बिच्छेद गराइदिएको छ । पहिरो र कटानले ठाउँठाउँमा आउजाउ रोकिएको छ भने सबैभन्दा बढी जोखिममा परेको तालगाउँसम्म आउजाउ निकै नै कठिनपूर्ण बनेको प्रहरीले बताएको छ । तालगाउँसम्म थप जनशक्ति पठाउन पनि सकिने अवस्था नरहेको प्रहरीले बताएको छ ।

    मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मानवीय क्षति हुनबाट रोकेपनि भौतिक क्षति भएको बताए । उनका अनुसार सदरकुमाम चामेमा पाँचवटा पक्कि र केही कच्ची घर बाढीमा बगेका छन । राती वर्षा कम हुँदा खोलामा वहाव घटेको भएपनि बिहान फेरि वर्षा सुरु भएपछि वहाव बढ्न थालेको छ ।

    सबैभन्दा बढी घर नासोँ गाउँपालिका–१ तालमा डुबानमा परेका थिए । तालमा झन्डै ६० घर रहेपनि ती सबैजसो घरमा पानी पसेको छ । सञ्चार र सडक सम्पर्क बिच्छेद हुँदा तालसम्म पुग्ने बाटो पनि छैन । तालसम्म पुग्ने सडक पुरै बिच्छेद भएको छ । तीनवटा काठे र २ वटा पक्कि पुल बगेका छन ।

    ‘हामी स्थानीयसँग बढो कठिनका साथ सम्पर्कमा त छौ । तर, आउजाउ सहज छैन । तत्काल पुग्ने अवस्था नै छैन,’ उनले भने, ‘किनकी त्यहाँसम्म पुग्ने बाटो नै छैन । पुल नै बगेका छन ।’ तालका बासिन्दा पाल टाँगेर बसेको उनले बताए । कपितय आफन्तकहाँ र धारापानीसम्म पुगेर आश्रय लिएको पनि खड्काले बताए । ‘एक गाउँबाट अर्काे गाउँसम्म आउजाउ गर्न सहज छैन,’ उनले भने ।

    नागरिक दैनिकले लेखेको छ।  


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार