सिन्धुपाल्चोकमा ५० जना भन्दा बढी बाढीमा बेपत्ता
मङ्गलबारदेखि अविरल रुपमा परेको बर्षाले सिन्धुपाल्चोकमा ५० जनाभन्दा बढी बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बाढीले क्षतविक्षत बनाएका केही तस्विरहरु राख्दै तामाङले लेखेका छन् । “मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको छ ।”
उनले नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त भएर अरबौँको क्षति पुगेको बताएका छन् । बाढी र पहिरोलले सिन्धुपाल्चोकको नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ ।
उनले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गरेका छन् । उनले अन्तराष्ट्रिय समुदायसँग पनि सहयोग गर्नको लागि अपिल गरेका छन् । मन्त्री तामाङले बाढी पहिरोले क्षति गरेका वस्तीमा आजै टेन्ट र खाद्यान्न वितरण गरिने जनाएका छन् ।



क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस