• जीवनशैली | Jiwanshaili
  • गैडाकोटको ४० घर डुबानमा


    नवलपरासी / निरन्तर रुपमा परिरहेको वर्षाले पूर्व नवलपरासीको गैडाकोटमा ४० घर डुबानमा परेको छ । नारायणी नदीमा आएको बाढीले गैँडाकोट २ को बोटे टोल डुवानमा परेको हो ।

    डुबानमा परेका मध्ये पैतीस जनालाई सुरक्षित स्थानमा सारिएको स्थानीय प्रशासनले जनाएको छ । बोटे टोलमा रहेका करिव ३५ घरपरिवारलाई तत्कालका लागि अक्सफोर्ड कलेजमा सारिएको गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए ।

    नवलपरसीकै कावासोती १५ अमलटारी क्षेत्रमा रहेका रिसोर्टहरु डुबानमा परेका छन् । अविरल परेको पानीका कारण नारायणी नदि आसपास रहेका पाँच वटा रिसोर्ट डुबानमा परेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार