• जीवनशैली | Jiwanshaili
  • मेलम्ची खानेपानीको ड्याम भत्कियो


    स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मेलम्ची र इन्द्रावती नदीमा आएको भीषण बाढीले मेलम्ची खानेपानीको ड्याम भत्काएको बताएका छन्। उनले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको जानकारी दिएका छन्।

    उनका अनुसार बाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूलसमेत भत्काएको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बौंको क्षति पूर्‍याएको मन्त्री तामाङको दाबी छ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार