बाढीपीडितको उद्धार गर्न अखिल र युवा सङ्घ टोली परिचालन
अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ ।
अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबान हुँदा सर्वसाधारण विस्थापित भएका छन् ।
अखिलका अध्यक्ष ऐन महरको संयोजकमा १५ सदस्यीय टोली पहिरामा परेकालाई उद्धार र खाद्य सामग्री लिएर आज त्यसतर्फ जाँदैछ । उहाँका अनुसार स्वास्थ्य चिकित्सकको टोलीसहित २५० बोरा चामल, तेल, त्रिपाल बाढीपीडितलाई वितरण गर्नेछ । अखिलले जिल्ला मातहतका कमिटीलाई पनि उद्धार कार्यमा लाग्न मङ्गलबारदेखि नै परिचालन गरेको छ ।
यस्तै युवा सङ्घका अध्यक्ष किरण पौडेलले उद्धार कार्यका लागि त्रिपाल, टेन्ट र खाद्यसामग्रीसहितको टोली गए रातिदेखि नै परिचालन गरिएको बताउनुभयो । उहाँले त्यहाँको अवस्था हेरेर काठमाडौँबाट खाद्यसामग्री र औषधिसहित सङ्घका पदाधिकारी जाने जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस