सिरहाको सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने
सिरहा / सिरहाको धनगढीमाई नगरपालिका बिहीबारेस्थित सर्रे खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
विगत लामो समयदेखि जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका धनगढीमाई नगरपालिका—१४ का बासिन्दालाई लक्षित गरी नगरपालिकाले सर्रे खोलामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुल निर्माण भएपछि धनगढीमाई नगरपालिका— १४ का मड्यान, महाजनी, हाथीढुङ्गा, राईराईनीलगायतका स्थानीयवासी लाभान्वित हुने छन् ।
नगरपालिकाको कार्यालय र वडा नम्बर १४ लाई जोड्ने मूल सडकमा पर्ने सर्रे खोलामा पुल नहुदाँ त्यस क्षेत्रका स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका थिए । सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका त्यस क्षेत्रका बासिन्दाले पुल निर्माण हुने भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाउने हुँदा खुशी भएका छन् ।
वर्षौदेखिको त्यस क्षेत्रको समस्याप्रति गम्भीर हुँदै झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, धनगढीमाई नगरपालिका र स्थानीयवासीको त्रिपक्षीय सहयोगमा करिव रु। एक करोड ७ लाखको लागतमा ९६ मिटर लामो झोलुङ्गे पुल निर्माण गर्न लागेको हा । पाँच फिट चौडाइ रहने उक्त पुलको नगरप्रमुख हरिनारायण चौधरीले शिलान्यास गर्नुभयो । पुल यसै आर्थिक वर्षभित्र निर्माण भइसक्ने नगरप्रमुख चौधरीको भनाइ छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस