• जीवनशैली | Jiwanshaili
  • बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारको सकुशल उद्धार, ६ जना बेपत्ता


    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा फसेका मेलम्ची खानेपानी आयोजनाका ४७ कामदारलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

    सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए। उनका अनुसार बाढीमा फसेका ४७ जना कामदारहरूलाई उद्धार गरी अहिले धुलिखेल अस्पतालमा राखिएको छ। उनले भने,‘अझै ६ जना कामदार सम्पर्कविहीन भएको खबर आएको छ,तर आधिकारिक पुष्टि हुन सकेको छैन,बाढीले यहाँका ७ स्थानीय बेपत्ता भएका छन्, दुई जनाको शव भेटिएको छ, अरू थप शव भेटिएको छैन,खोजीकार्य जारी छ।’

    बाढीका कारण लेवर क्याम्प बगाएको थियो। त्यहाँ हेडवर्क्स निर्माण गरिरहेका कामदार बसिरहेका थिए। खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तका अनुसार खानेपानीको नदी डाइभर्सन गर्ने संरचनामा बाढीले क्षति पुर्‍याएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार