४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ
जनकपुर / जनकपुरमा बालिका बलत्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका २२ बसबिट्टीकी ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा सोही स्थानका ५० वर्षीय छेदु मण्डल पक्राउ परेका हुन् ।
बालिकालाई बलात्कार गरेको भनी दिइएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । मण्डलले बालिकालाई खेलाउन घरमा लगिएको मौका छोपी आँपको बगैँचामा लगेर जबर्जस्ती करणी गरेको पीडित बालिकाका परिवारले आरोप लगाएका छन् ।
अबेर साँझसम्म बालिका घरमा नफर्केपछि परिवारले खोजबिन गर्दा घरभन्दा करिब २ सय मिटर पर आँपको बगैँचामा अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा धनुषा प्रहरीले बुधबार मण्डललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको रानाभाटले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस